नेकोस खेल महोत्सवको समापन शनिबार: उपाधिका लागि एलसी ब्रदर्श र आदर्श क्लब भिड्ने
पाेखरा | चैत ८, २०८०
पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलको उपाधिका लागि एलसी ब्रदर्श र आदर्श युवा क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लबले सहारा क्लब पोखरालाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आदर्शको जीतमा विकाश परियारले दोस्रो हाफमा गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो ।
बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा खेलमा एलसी ब्रदर्शले आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
सूर्य तारा नेकोस खेल महोत्सवको फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार एलसी ब्रदर्श र आदर्श युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो पनि पढ्नुहोस
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...


